शनिबार, असार २७, २०८३

जितको लयमा फर्कँदै आर्सनल

पाहुना टिम आर्सनलले घरेलु टिम वेस्ट बुमविरुद्ध फराकिलो जित निकालेको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– पाहुना टिम आर्सनलले घरेलु टिम वेस्ट बुमविरुद्ध फराकिलो जित निकालेको छ।

इंग्लिस प्रमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आर्सनलले ४–० गोलको जित निकालेको हो।

आर्सनलको जितका लागि एलेक्जेन्डर लकाजेट्टले दुई गोल गरे भने  किइरन टियर्नी र बुकायो साकाले समान १–१ गोल गरे।

खेलको २३ औं मिनेटमा टियर्नीेले बनाएको अग्रतालाई साकाले २८ औं मिनेटमै दोब्बर गरेका थिए। यससँगै पहिलो हाफमा आर्सनल दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा पाहुना टिमले दुई गोल नै थप्यो। यसपटक ६० औं र ६४ औं मिनेटमा लकाजेट्टले व्यक्तिगत दुई गोल गर्दै आर्सनललाई फराकिलो जित दिलाए।

लगातार लामो हारको शृंखला तोडेको आर्सनलले पछिल्ला तीन खेलमा लगातार जित निकालिरहेको छ। जितसँगै आर्सनल अंकतालिकामा ११ औं स्थानमा उक्लिएको छ।

आर्सनलले १७ खेलबाट २३ अंक जोडेको छ। त्यस्तै वेस्ट ब्रुम पुछारबाट दोस्रो स्थानमा छ।

गएराति नै सम्पन्न खेलमा ब्राइटोनले घरेलु मैदानमा आर्सनलसँग ३–३ गोलको बराबरी गरेको छ भने क्रिस्टल प्यालेसले शेफिल्ड युनाइटेडलाई २–० गोलले हराएको छ।
 

प्रकाशित: Jan 03, 2021| 01:20 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।