शनिबार, असार २७, २०८३

सन र केन प्रेरित खेलमा टोटेनहमको जित

फरवार्डद्वय सन ह्युङ मिन र ह्यारी केनको मुख्य भूमिकामा टोटेनहमले साहज जित निकालेको छ।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं- फरवार्डद्वय सन ह्युङ मिन र ह्यारी केनको मुख्य भूमिकामा टोटेनहमले साहज जित निकालेको छ।

इंग्लिस प्रिमियर लिग (ईपीएल) को शनिबार साँझ सम्पन्न खेलमा घरेलु टिम टोटेनहमले लिड्स युनाइटेडविरुद्ध ३-० गोलको जित निकालेको हो।

जितका क्रममा सनले एक गोलसहित एक एसिस्ट गरे भने केनले पनि समान गोल र एसिस्ट गरे।

खेलको २९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै केनले सुरुवाती अग्रता बनाएका थिए। अग्रता बनाएसँगै उनले टोटेनहमका लागि २०५ औं गोल गरे।

केनले गोलका अलावा ४३ औं मिनेटमा मिनको गोलका लागि पास उपलब्ध गराएका थिए। पहिलो हाफमा दुई गोलका अग्रता बनाउने क्रममा सनले टाटेनहमबाट सय गोल पुरा गरे।

पहिलो हाफमा दुई गोलले अघि रहेको घरेलु टिमले दोस्रो हाफमा पनि एक गोल थप्यो। यसपटक सनको पासमा टोबे अल्डेवेरल्डले गोल गरे। अल्डेवेरल्डको गोलसँगै टोटेनहमले ३–० गोलको सहज जित निकाल्यो।

जितको सहज अवस्थामा पुगेको टोटेनहमले खेलको इन्ज्युरी समयमा एक डिफेन्डर गुमायो। म्याट डोहर्टीले अतिरिक्त समयमा डबल यल्लो कार्ड खाँदै बाहिरिएपछि घरेलु टिमको विजय सुखद रहन सकेन्।

उपाधि दाबेदार टोटेनहमले जारी सिजनमा आठौं जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित: Jan 02, 2021| 15:12 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।