शनिबार, असार २७, २०८३

पीएम कप : फाइनलमा प्रदेश १ ले एपीएफको सामना गर्ने

प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटको फाइनलमा प्रदेश १ र सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं- प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटको फाइनलमा प्रदेश १ र सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले प्रतिस्पर्धा गर्ने भएका छन्।

दाङको लमहीमा आज (शनिबार) सम्पन्न प्रतियोगिताको सेमिफाइनल खेलबाट जित निकाल्दै प्रदेश १ र एफीएफले फाइनलमा स्थान बनाएका हुन्।

आज दिउँसोको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनायो।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले कमजोर प्रदर्शन गर्दै १४ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदा ५२ रनमा समेटिएको थियो।

५३ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले बिना विकेटको क्षतिमा आठ दशमलव पाँच ओभर खेल्दै निर्धारित लक्ष्य पुरा गरेपछि प्रदेश १ फाइनल पुगेको हो।

लुम्बिनीका नितू भण्डारीले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेन्।
उसलाई सस्तैमा समेट्न प्रदेश १ का संगीता राई र निग्मा क्षेत्रीले २–२ विकेट गिराए भने कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन्।

प्रदेश एकको जितका लागि कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५५ रनको अविजित साझेदारी गरे। लुम्बिनीका कुनै बलरले विकेट लिन सकेनन्।

त्यस्तै, आज बिहान सम्पन्न सेमिफाइनलको पहिलो खेलमा एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।
पीएम कपको फाइनल खेल लमही मैदानमा भोलि दिउँसो ११ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
 

प्रकाशित: Jan 02, 2021| 13:26 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।