शनिबार, असार २७, २०८३

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ।

होबार्टले मेलवर्न स्टार्सलाई आज (शनिबार) भएको खेलमा २१ रनले पराजित गरेको हो। सन्दीपले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए। लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिएका हुन्। उनले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिए।

१४ दिनको क्वारेन्टिनको समय सकिएपछि लामिछानेले आज पहिलो खेल खेलेका हुन्। टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको  थियो। होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाए।

१६७ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्र बनायो। मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाए। बलिङतर्फ होबार्टका लागि लामिछानेसँगै स्कट बोलान्डले तीन विकेट लिए।

होबार्टमा आवद्ध लामिछानेले कोरोना भाइरसको संक्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए। नेपालमै छँदै उनी संक्रमित भएका थिए।

होबार्ट हालसम्म खेलेका सात खेलमा पाँचमा जित तथा दुई खेलमा हारका साथ १८ अंक जोड्दै आठ टोली सम्मिलित बिग बासको दोस्रो स्थानमा उक्लिएको छ। होबार्टले अब अर्को खेल सोमबार खेल्ने छ। रासस
 

प्रकाशित: Jan 02, 2021| 12:57 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।