शनिबार, असार २७, २०८३

होबर्टबाट डेब्यू खेलमै सन्दीपले लिए विकेट

अष्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आफ्नो डेब्यू खेलमै नेपाली लेग स्पिनर सन्दीप लामिछाने विकेट लिन सफल भएका छन्।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं- अष्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आफ्नो डेब्यू खेलमै नेपाली लेग स्पिनर सन्दीप लामिछाने विकेट लिन सफल भएका छन्।

होबर्ट हुरिकेन्टमा यो सिजन अनुबन्ध भएका सन्दीपले आफ्नै पूर्व टिम मेलबर्न स्टार्सका हिल्टोन कार्टराइटलाई पेवेलियन पठाउँदै सिजनको पहिलो विकेट लिएका हुन्।

उनले खेलको छैटौं ओभरको चौथो बलमा यो सिजनको पहिलो विकेट गिराए। होबर्ट मैदानमा जारी खेलमा मेलबर्न स्टार्सले १६५ रनको लक्ष्य पछ्याइरहेको छ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होबर्टले पाँच विकेटको क्षतिमा १६४ रन बनाएको थियो।

गत नोभेम्बरमा सम्पन्न इन्डियन प्रिमियर लिगमा बेञ्चमै सिमित बनेका सन्दीपले बिग ब्यास लिगमा भने आफू उपलब्ध भएको पहिलो खेलमै मौका पाएका छन्।

लिगको यसअघि सम्पन्न खेलमा सन्दीप उपस्थित थिएनन्। अघिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलई यो सिजन होबर्टले अनुबन्ध गरेको छ।

यसअघिका खेलका क्रममा सन्दीप क्वारेन्टिनमा भएका कारण खेलमा सहभागी हुन पाएनन्। उनी अस्ट्रेलिया पुगेपछि १४ दिन क्वारेन्टिन बस्नु परेकाे थियाे।

प्रकाशित: Jan 02, 2021| 09:15 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।