शुक्रबार, असोज १६, २०८३

विवादित चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा शनिबारदेखि

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने विषयमा विद्यार्थीलाई ढुक्क हुन आग्रह गरेको छ।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने विषयमा विद्यार्थीलाई ढुक्क हुन आग्रह गरेको छ।

आयोगले विज्ञप्ति जारी गर्दै यही पुस १८, १९ र २० गते सञ्चालन हुने भनिएको प्रवेश परीक्षाका विषयमा दिग्भ्रमित नभई सहभागी हुन विद्यार्थीलाई आग्रह गरेको हो।

गत असोज २७, २८ र २९ गते हुने भनिएको प्रवेश परीक्षा आयोगले सर्वोच्च अदालतको आदेशको कारण देखाउँदै असोज २२ गते अनिश्चितकालका लागि स्थगित गरेको थियो। सरकारी छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सहभागी गराउने विषयमा मन्त्रालयले निर्णय गरेपछि प्रवेश परीक्षा विवादमा परेको थियो।

गत साउनमा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ ले छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले एक वर्ष सेवा गरेपछि माथिल्लो तहमा अध्ययनका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको छ।


 

प्रकाशित: Jan 01, 2021| 07:52 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्