मंगलबार, साउन १९, २०८३

एसईईको आवेदन फारम खुला

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को आवेदन फारम खुला गरेको छ।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौँ- परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को आवेदन फारम खुला गरेको छ। 

कार्यालयले एक सूचना जारी गरी २०७७ सालमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले २०७७ पुस १६ गते देखि माघ २१ गतेभित्र परीक्षा फारम भरिसक्नुपर्ने जनाएको छ।

साधारण तथा प्राविधिक तर्फका कक्षा १० मा अध्ययनरत विद्यार्थीले कक्षा ८ उत्तिर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको २ प्रति फोटोसँगै ५०० रुपैयाँ विद्यालयमा बुझाएर फारम भर्न सक्नेछन्।

 

प्रकाशित: Dec 30, 2020| 12:21 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्