शुक्रबार, फागुन १५, २०८२

कमलको स्वरमा ‘चौतारीमा बसेर’

गायक कमल खनालको स्वरमा रहेको ‘चौतारीमा बसेर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

गायक कमल खनालको स्वरमा रहेको ‘चौतारीमा बसेर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।

National life

सार्वजनिक गीतमा देवी ‘विरही’ खनालको शब्द तथा गायक कमलकै संगीत छ। गीतमा राहुल प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ।

लिरिकल भिडियोमा प्रस्तुत गरिएका स्थिर दृश्यमा आयुषा खनालको आर्टवर्क छ। गीतमा रत्न विकको बाँसुरी, मनिष गन्धर्वको सारंगी, किरण तुलाधरको रेकर्डिङ छ।

गायक कमलका अनुसार उनको ठूलोबुवा (गीतकार देवी विरही खनाल) को २० वर्षमै निधन भएको थियो। ‘कलिलो उमेरमा पनि उहाँको साहित्यिक रचनाहरु विलक्षण किसिमका थिए। ५० वर्ष अगाडि कोरेको ठूलोबुवाको शब्दलाई संगीतबद्ध गरेर गाउन पाउँदा खुशी छु’, कमलले भनेका छन्।

भिडियोको परिकल्पना गायक तथा संगीतकार कमलले नै हुन्। भिडियोको निर्माण दिनसन शाहले गरेका हुन्। भिडियोलाई गायक कमलले आफ्नै युट्युब च्यानल कमल खनाल म्यूजिकलबाट सार्वजनिक गरेका छन्।

Laxmi sunrise bank

 

प्रकाशित: Dec 30, 2020| 09:50 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्