शनिबार, कात्तिक २९, २०८२

पार्टी आयोजना गरेर विवादमा परे नेयमार

ब्राजिलका स्टार फुटबलर नेयमार नयाँ विवादमा तानिएका छन्।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– ब्राजिलका स्टार फुटबलर नेयमार नयाँ विवादमा तानिएका छन्।

National life

ब्राजिलको ओ ग्लोबो पत्रिकाका अनुसार पेरिस सेन्ट जर्मन (पीएसजीका फरवार्ड खेलाडी नेयमारले रियो डि जेनेरियो नजिक समुद्र किनारमा अवस्थित आलिशान बंगलामा ५०० जना पाहुना बोलाएर पार्टी गरिरहेका छन्। शनिबार सुरु भएको यो पार्टी अंंग्रेजी नयाँ वर्षको पहिलो दिनसम्म जारी रहनेछ। 

नेयमार पार्टीकै कारण बारम्बार विवादित भएका छन्। यद्यपि, अहिलेको पार्टीले छिमेकीलाई व्यवधान नपुगोस् भनेर उनले साउन्ड प्रुफिङको पनि व्यवस्था गरेका छन्। 

अखबारका अनुसार नेयमारको पार्टीमा लुडमिला र वेस्ले साफादाओ जस्ता कलाकारले प्रस्तुति दिइरहेका छन्। पार्टीमा सामेल सबैलाई मोबाइल फोन ढोकामै छोड्न लगाइएको छ।

कोरोनाका कारण विश्वमा सबैभन्दा धेरै मानिसको मृत्यु हुने देशमध्ये ब्राजिल दोस्रो नम्बरमा छ। यहाँ करिब ७४ लाख मानिस संक्रमित छन् र १ लाख ९१ हजारभन्दा धेरैको मृत्यु भएको छ। 

Laxmi sunrise bank
kumari

त्यसैले नयाँ वर्षको अवसर भन्दै भीड जम्मा पारेको भनेर नेयमारको आलोचना भइरहेको छ।  इभेन्ट आयोजना गर्ने एजेन्सी एजेन्सिया फाब्रिकाले वक्तव्य जारी गर्दै उक्त पार्टी आयोजना गरिएको बारे पुष्टि गरेको छ। उसले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर पार्टी आयोजना गरेको जनाएको छ। 

तर नेयमारका वकिलले भने फाब्रिकाले आयोजना गर्ने पार्टीसँग नेयमारको सम्बन्ध नरहेको दाबी गरेका छन्। 

१३ डिसेम्बरमा खुट्टामा चोट लागेपछि नेयमारले कुनै म्याच खेलेका छैनन्। उनले पार्टी आयोजनाबारे कुनै प्रतिक्रिया दिन चाहेनन्। हालका दिनमा उनले सोसल मिडियामा आफ्नो परिवारका तस्बिरमात्रै सार्वजनिक गरिरहेका छन्। 

रियो डि जेनेरेरियोस्थित उनको मांगारातिबा म्यानसन १० हजार वर्गमिटरमा फैलिएको छ। जसमा हेपीपोर्ट, स्पोर्ट पिच, स्पा, सटन, मसाज पार्लर, जिम र डाइनिङ एरिया पनि छ। नेयमार आफूलाई चोट लागेका बेला वा लामो विदाका बेला यो म्यानसनमा समय बिताउँछन्। 

–एएफपी

प्रकाशित: Dec 30, 2020| 07:01 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्