सोमबार, भदौ २२, २०८३

आन्दोलनमा सहभागी एक उखु किसानको मृत्यु

उखु बिक्रीको भुक्तानी नपाएको भन्दै दुई सातादेखि आन्दोलनरत एक उखु किसानको मृत्यु भएको छ। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– उखु बिक्रीको भुक्तानी नपाएको भन्दै दुई सातादेखि आन्दोलनरत एक उखु किसानको मृत्यु भएको छ। 

काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनमा सहभागी सर्लाहीका किसान नारायण यादवको हृदयाघातका कारण मृत्यु भएको हो।

किसानले उखु बिक्रीको भुक्तानी नपाईकनै आन्दोलन स्थगित गरेको सुनेर बेहोस भएका उनलाई चाबहिलको हेल्पिङ ह्याण्ड्स हस्पिटलमा लगिएको र त्यहाँबाट गंगलाल हृदय रोग केन्द्र बाँसबारी रिफर गरिएको थियो। 

गंगालाल हस्पतालले बिहान करिब साढे ११ बजे मृत घोषणा गरेको किसानका नातेदार मनिष मिश्रले नेपाल समयलाई जानकारी दिए।

जसपाका विद्यार्थी नेतासमेत रहेका मिश्रले हृदयघातकै कारण मृत्यु भएको यकिन नभए पनि सरकारले पैसा दिँदैन कि भन्ने डरले नै बेहोस हुन पुगेको बताए।

‘उनीहरुले ऋण लिएर उखु खेती गरेका थिए। अन्तिममा आएर उखुको पैसा नपाईकनै अरु किसानले सरकारसँग सम्झौता गरेको सुनेर बेहोस हुनुभएको हो,’ मिश्रले भने। उनका अनुसार यादवले अन्नपूर्ण चिनि मिलबाट करिब २४ लाख रुपैयाँ उखुको भुक्तानी पाउनुपर्ने थियो।
 

प्रकाशित: Dec 29, 2020| 06:43 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।