मंगलबार, साउन १९, २०८३

शैक्षिक मेला सञ्चालन गर्न वानअप इभेन्टस् र ईक्यानबीच सम्झौता

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले आगामी २-५ माघसम्म १४औं ईक्यान शैक्षिक मेला भर्चुअलरूपमा गर्ने भएको छ।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले आगामी २-५ माघसम्म १४औं ईक्यान शैक्षिक मेला भर्चुअलरूपमा गर्ने भएको छ।

विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई लक्षित गरेर शैक्षिक मेलाको आयोजना गर्ने गरिन्छ। 

सो मेलामा विद्यार्थीहरूलाई सम्बन्धित देशका विश्वविद्यालयमा अध्यापन हुने विषय, पाठ्यक्रम, भौतिक पूर्वाधार, नियमकानुन, भिसा प्रोसेसिङलगायतका विषयमा जानकारी दिइने ईक्यानले जनाएको छ।

शैक्षिक मेलामा विभिन्न ४० भन्दा बढी देशका सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिले भर्चुअलरूपमा परामर्श प्रदान गर्ने ईक्यान उपाध्यक्ष शेषराज भट्टराईले जानकारी दिए।

ईक्यान भर्चुअल शैक्षिक मेलामा स्वदेशी तथा विदेशी विश्वविद्यालय र यसका प्रतिनिधिहरूको एक सयभन्दा बढी स्टल रहने ईक्यानको भनाइ छ। 

मेला सञ्चालन गर्नका लागि वानअप इभेन्टस् र ईक्यानबीच सम्झौता भएको छ।

प्रकाशित: Dec 29, 2020| 05:55 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्