धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएकाे छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षका मन्त्री बोहरालाई पदमुक्त गरेका हुन्।
बोहरा डडेलधुराबाट प्रदेश सभामा निर्वाचित भएका थिए।
नेकपा विभाजनको असर प्रदेश सरकारमा पनि देखिन थालेको छ। यसअघि प्रदेश-१ र बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ।