काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ।
सोमबार ९४ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ९४ हजार १०० तोकिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँले कमी आएको छ।
सोमबार ९४ हजार ४०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९३ हजार ६०० कायम भएको छ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार ३०० मा कारोबार भइरहेको छ।