सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट ९ सुरक्षाकर्मीको मृत्यु, १४ हजार २ सय संक्रमित

कोरोनाबाट ९ सुरक्षाकर्मीको मृत्यु, १४ हजार २ सय संक्रमित

महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सशस्त्र प्रहरीका ४, नेपाल प्रहरीका ३  र नेपाली सेनाका २ कर्मचारीको मृत्यु भएको हो ।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं- महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सशस्त्र प्रहरीका ४, नेपाल प्रहरीका ३  र नेपाली सेनाका २ कर्मचारीको मृत्यु भएको हो।

हालसम्म कोरोनाबाट १४ हजार २ सय ८ जना सुरक्षाकर्मी संक्रमित भएका छन् भने १३ हजार ८ सय ६५ जना निको भएर घर फर्किएका छन्। ३ सय ३४ जना भने आइसोलेशन र उपचार रहेको सुरक्षा निकायले जनाएका छन्।

नेपाल प्रहरीका ७ हजार १ सय ६८ जना संक्रमित भएकोमा ३ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ७ हजार १२ जना निको भएर काममा फर्किएका छन् भने १ सय ५३ जना आइसोलेसनमा रहेको केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए। 

यस्तै नेपाली सेनाका ४ हजार ९ सय ९६ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ४ हजार ८ सय ८४ जना निको भएर काममा फर्किएका छन् भने १ सय १० जना अहिले पनि आइसोलेशनमा रहेको नेपाली सेनाले जनाएको छ। 

त्यस्तै सशस्त्र प्रहरीतर्फ अहिलेसम्म २ हजार ४४ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १ हजार ९ सय ६९ जना निको भएका छन् भने ७१ जना आइसोलेशनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा मंगलबार बिहानसम्ममा कोरोनाबाट १ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ । २ लाख ५८ हजार ८ सय ४० जना संक्रमित भएका छन् । 

प्रकाशित: Dec 29, 2020| 05:05 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।