सोमबार, भदौ २२, २०८३

पेस्तोल र खुकुरी देखाएर लुटपाट

धनगढीका एक व्यापारीको कन्चटमा पेस्तोल र खुकुरी तेर्साएर नगद तथा रिचार्ज कार्ड लुटपाट भएको छ। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

धनगढी- धनगढीका एक व्यापारीको कन्चटमा पेस्तोल र खुकुरी तेर्साएर नगद तथा रिचार्ज कार्ड लुटपाट भएको छ। 

धनगढीको बोराडाडीमा रहेको यादवप्रसाद भट्टको न्यू विशाल भण्डार पसल सोमबार राति पौने आठ बजे लुटपाट भएको हो। 

लुटेराले ५२ हजार र रिचार्ज कार्ड लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। 

प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले हल्लाखल्ला गरेर मार्ने धम्की दिएको पसल सञ्चालक भट्टले बताए। 

उनका अनुसार लुटेराले पसल अगाडि मोटरसाइकल रोकेर सुरुमा रिचार्ज कार्ड मागेका थिए। 

रिचार्ज कार्डको रकम माग्दा घाँटीमा खुकुरी र पछि कन्चटमा पेस्तोल ताकेर गल्लामा भएको रकमसमेत लुटेर लगेको भट्टको भनाइ छ। 

तत्काल प्रहरी घटनास्थल पुगे पनि अहिलेसम्म लुटेरालाई पक्राउ गर्न सकेको छैन।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

प्रकाशित: Dec 29, 2020| 04:41 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।