सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनाङको तापक्रम माइनस १८ डिग्रीमा झर्‍यो, खोला र ताल बने बरफ

मनाङको तापक्रम माइनस १८ डिग्रीमा झर्‍यो, खोला र ताल बने बरफ

मनाङको नार्फाभूमि गाउँपालिकाको तापक्रम रातको समयमा माइनस १८ डिग्री सेल्सियसमा झर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन्।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं- हिमाली जिल्ला मनाङको न्यूनतम तापक्रम माइनस १८ डिग्री सेल्सियसमा झरेको छ। 

मनाङको नार्फाभूमि गाउँपालिकाको तापक्रम रातको समयमा माइनस १८ डिग्री सेल्सियसमा झर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन्।

सदरमुकाम चामेको तापक्रम भने रातको समयमा माइनस ८ डिग्रीसम्म झर्ने गरेको उनले बताइन् । उनका अनुसार अत्याधिक चिसोसँगै ताल र खोलहरुसमेत जम्न थालेका छन्। 

गंगापूर्ण, ग्रिनलेकलगायतका दर्जन बढी ताल जमेर बरफ भएका छन् भने साना तिना खोलाहरु पनि जमेर बरफ भएको उनले जानकारी दिइन् । धाराको पानी पनि जमेका कारण कतिपय ठाउँमा बरफ तताएर पानी बनाएर खानु पर्ने अवस्था सृजना भएको छ । 

यस्तै मुस्ताङको लोमान्थाङ छोसेरको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ। प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार त्यहाँ धारामा पानी जमेको छ भने तालसमेत जम्न थालेको छ। 

त्यस्तै जुम्लाको तापक्रम माइनस ८ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली जिल्लामा हिमपातपछि थप चिसो बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । 
 

प्रकाशित: Dec 29, 2020| 04:10 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।