सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्माण व्यवसायी महासंघका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

निर्माण व्यवसायी महासंघका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार गरेको आरोपमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध मुद्दा दायर भएको छ । 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं- लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार गरेको आरोपमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आयोजना निर्माणका क्रममा तीन करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा  सिंहसहित पाँचजनाविरुद्ध सोमबार विशेष अदालतलमा मुद्दा दायर गरेको हो । 

अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध–निर्देशक हुन् । उनीसँगै आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डवप्रसाद देवविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै, महादेव खिम्ती र मैनाचुली जेभीका साझेदार मैनाचुली निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा महादेव खिम्ती र मैनाचुली जेभीका आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही)विरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार रनिङ बिलदेखि सातौँ रनिङ बिलसम्मका सातैवटा बिलको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी स्टड निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्याबिन तारलाई स्वीकृत स्पेसिफिकेसनबमोजिम गुणस्तरयुक्त भएको भनी प्रतिवेदन दिएर भुक्तानी दिइएको छ । 

अख्तियारले तीन करोड ६५ लाख नौ हजार चार सय ६५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । 

प्रकाशित: Dec 29, 2020| 02:56 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।