मंगलबार, चैत १०, २०८२

लगातार एकै ठाउँमा बसेर काम गर्दा हुन सक्छ समस्या, जोगिने यसरी

घण्टौंसम्म लगातार डेस्कमा बसेर काम गर्ने व्यक्तिमा धेरै थरिका समस्या हुन सक्छन्। एक अध्ययनका अनुसार लामो समय डेस्कमा बसेर काम गर्नेहरूमा मोटोपन, हाइपर्टेन्सन, मधुमेह, काेलेस्ट्रोल र अस्टियपरोसिसजस्ता रोगहरूको खतरा हुन सक्छ। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं। घण्टौंसम्म लगातार डेस्कमा बसेर काम गर्ने व्यक्तिमा धेरै थरिका समस्या हुन सक्छन्। एक अध्ययनका अनुसार लामो समय डेस्कमा बसेर काम गर्नेहरूमा मोटोपन, हाइपर्टेन्सन, मधुमेह, काेलेस्ट्रोल र अस्टियपरोसिसजस्ता रोगहरूको खतरा हुन सक्छ। 

National life

यद्यपि केही कुराहरूमा ध्यान दिने हो भने रोगहरूको जोखिम कम हुन सक्ने विशेषज्ञहरू बताउँछन्। 

यस्तो हुनुपर्छ बस्ने ठाउँ

कुर्सीमा बसेर लामो समय काम गर्दा कम्मर र गर्धनमा समस्या हुन सक्छ। यसका लागि तपाईं स्ट्यान्डिङ टेबल वा बढी उचाइ भएको टेबल/काउण्टरको प्रयोग गर्नु राम्रो हुन्छ। यसो गर्दा सुरुमा केही अप्ठ्यारो महसुस हुन सक्छ। तर, यसले ‘नन कम्युनिकेबल डिजिज’बाट बचाउन सक्छ। 

कुर्सीको सट्टा ‘एक्सरसाइज बल’

Laxmi sunrise bank
kumari

जिम वा फिटनेस सेन्टरमा तपाईंले मानिसहरूलाई एक्सरसाइज बलमा बसेको देख्नु भएको होला। घण्टौंसम्म एकै ठाउँमा बसेर काम गर्दा यसको प्रयोग फाइदाजनक हुन सक्छ। यसले बडी पोस्चर, कोर मसल र पेल्विक स्टेब्लिटीलाई सुधार्ने काम गर्छ। 

ब्रेक लिनुहोस्

कामको बीचमा ब्रेक लिन भुल्नु हुँदैन। फोन गर्ने, शौचालय जाने वा पानीको बोतल भर्ने बहानामा हरेक ४५ मिनेटमा एकछिन भए पनि हिँड्ने बानी बसाउनु पर्छ। यो समयमा सामान्य व्यायाम पनि गर्न सकिन्छ। 

बस्ने तरिका

काम गर्ने बेला बस्ने तरिकाबारे पनि ध्यान दिनुपर्छ। कुर्सीमा बस्ने बेला मेरुदण्डको हड्डी सीधा र काँध पछाडितिर उठेको हुनुपर्छ। पैताला जमिनमा पूरै रहनुपर्छ यदि त्यसो भएन भने सानो स्टुलको पनि प्रयोग गर्न सक्नु हुन्छ। 

पैदल हिँड्नुहोस्

८-९ घण्टा काम गर्दा हाम्रो शारीरिक क्रियाकलाप शून्य हुन्छ, जसकारण मुटुमा असर पर्न सक्छ। त्यसैले हरेक दिन एक घण्टा ‘लो इन्टेन्सिटी कार्डियोभास्कुलर’ तालिम गर्नुपर्छ। लिफ्टको सट्टा सिँढीको प्रयोग गर्नुपर्छ। त्यस्तै केही काममा जानलाई पैदल हिँड्ने बानी बसाउनुहोस्। 

साथै पर्याप्त निद्रा र पर्याप्त पानी पिउनुहोस्। सन्तुलित आहार खानुहोस्। ‘हाई सुगर’ र ‘हाई सोडियम’ खालका खानेकुरा नखानुहोस्। 

प्रकाशित: Dec 29, 2020| 02:59 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्