सोमबार, भदौ २२, २०८३

नीति योजना आयोगको उपाध्यक्षमा साउद 

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा अछाम जिल्लाका केशरबहादुर साउदलाई नियुक्त गर्ने निर्णय गरेको छ। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा अछाम जिल्लाका केशरबहादुर साउदलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

आयोगका अध्यक्ष एवं मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आयोगको सदस्यमा दार्चुलाका मोहनदेव बिष्टलाई नियुक्त गरिएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए। 

आयोगको सदस्यमा नियुक्त गरिने महिला सदस्यलाई पछि नियुक्त गरिने जनाइएको छ।   

यसैगरी बैठकले खप्तड पर्यटन क्षेत्र विकास समितिको अध्यक्षमा डोटी जिल्लाका हर्कबहादुर सिंहलाई नियुक्त गरेको छ। समितिको सदस्यमा अछामका लक्ष्मण खड्का, डोटीका हरिपाल थापा र मनिषा धानुक तथा बाजुराका गणेशबहादुर शाहीलाई नियुक्त गरिएको छ।

प्रकाशित: Dec 29, 2020| 00:46 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।