सोमबार, भदौ २२, २०८३

चिनियाँ टोलीले भेट्यो खनाललाई

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेको छ।

टोलीले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालसँग उनको निवास डल्लुमा सोमबार भेटवार्ता गरेको हो। उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो।

भेटमा वरिष्ठ नेता खनाल र येचौबीच दुई पार्टी र दुई देशबीचको सम्बन्धलाई अझ राम्रो र सुदृढ गर्ने विषयमा छलफल भएको थियो। 

भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचौले पूर्वप्रधानमन्त्री खनालसँग नेपालको वर्तमान परिस्थितिबारेमा जिज्ञासा राखेका थिए।

नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी आन्तरिक विवादका कारण विभाजन र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन भएपछि हिजो चिनियाँ टोली काठमाडौं आएको हो।

टोलीले प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रचण्ड समूहका अर्का अध्यक्ष माधव नेपाललगायतसँग भेट गरिसकेको छ।
 

प्रकाशित: Dec 28, 2020| 14:55 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।