सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुको मसाल जुलुश

प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुको मसाल जुलुश

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबिरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल पक्षीय विद्यार्थीहरुले मसाल जुलुश निकालेका छन्।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबिरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल पक्षीय विद्यार्थीहरुले मसाल जुलुश निकालेका छन्।

सोमबार साँझ काठमाडौंको मिनभवन क्याम्पस अगाडि अनेरास्ववियुको आयोजना विद्यार्थीहरुले मसाल जुलुश निकालेका हुन्।

मसाल जुलुशमा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरेका थिए। 

अनेरास्ववियु काठमाडौंका जिल्ला अध्यक्ष भुपेन्द्रजंग शाहीसहितका विद्यार्थीहरुले ओलीविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेकी थिइन्।

याे कदमविरुद्ध नेकपाकाे दाहाल-नेपाल समूहले भाेलि देशव्यापी विराेध प्रदर्शन गर्दैछ। देशव्यापी विराेध प्रदर्शनकाे पूर्वसन्ध्यामा अनेरास्ववियुले देशका अधिकांश सहरमा मसाल जुलुश निकालेकाे छ।

प्रकाशित: Dec 28, 2020| 14:45 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।