सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपडा खरिद ठेक्कामा प्रहरीकै किर्ते हस्ताक्षर गर्ने टेक्सटाइल सञ्चालक पक्राउ

कपडा खरिद ठेक्कामा प्रहरीकै किर्ते हस्ताक्षर गर्ने टेक्सटाइल सञ्चालक पक्राउ

नेपाल प्रहरीको कपडा खरिदका लागि गरिएको एउटा ठेक्कामा प्रहरीकै किर्ते हस्ताक्षर गरी ठगीमा संलग्न दुई जना पक्राउ परेका छन्।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- नेपाल प्रहरीको कपडा खरिदका लागि गरिएको एउटा ठेक्कामा प्रहरीकै किर्ते हस्ताक्षर गरी ठगीमा संलग्न दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको २० हजार मीटर कपडा खरिद प्रक्रियामा किर्ते गर्ने टेक्सटाइल कम्पनीका सञ्चालक र कम्पनीका प्रतिनिधि पक्राउ परेका हुन्।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोले क्राउन टेक्सटाइल ईण्डष्ट्रिज प्रा.लि.बहुअरी, वीरगंजका सञ्चालक पिताम्बर कुमार मुन्का र कम्पनीका प्रतिनिधि नरेन्द्र पौडेललाई किर्ते तथा ठगीको आरोपमा पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट आज (सोमबार) म्याद थप गराएर अनुसन्धान अगाडि बढाएको छ।

ब्यूरोका अनुसार आर्थिक वर्ष २०७३/०७४ सालमा आह्वान गरिएको एक बोलपत्रमा न्यूनतम मूल्यांकित बोलपत्रहरुमध्ये छनोटमा परेको क्राउन टेक्सटाइलले सम्झौता बमोजिमको सामान आपूर्ति गर्नुपर्नेमा आफैले नक्कली नमूना प्रयोग गरी ठगी गरेको थियो।

उक्त फर्म र प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालय, नक्सालबीच भएको सम्झौता बमोजिम आपूर्ति भएको सामान गुणस्तर परीक्षण गर्ने क्रममा फर्मका प्रतिनिधि नरेन्द्रनाथ पौडेललाई रोहवरमा राखेर निकालिएको नमूना नपठाएर पौडेलले कपडा खरिदका लागि अर्कै नमुना पठाएको ब्यूरोको ठहर छ।

ब्यूरोका अनुसार गत साउन ३० गते सम्झौता हुँदा निकालिएको नमूना नपठाएर पौडेलले त्यसको पर्सिपल्ट साउन ३२ गते प्रहरीका नमुना परीक्षण गर्ने अधिकृतको नाम, संगठनको नाम तथा नक्कली दस्तखतको प्रयोग गरी अर्कै नमूना पठाएका थिए।

उक्त मार्फले भारतको चेन्नईस्थित एसजीएस कम्पनीबाट उक्त कपडा २ करोड १६ लाख ४० हजारमा खरिद गर्नेगरी प्रहरीबाट ठेक्का हात पारेको थियो।

कम्पनीका प्रतिनिधि पौडेल र सञ्चालक मुन्काले ठगी गरेको आशंकामा उनीहरुलाई गत पुस १२ गते पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

प्रहरीले चितवनको माडी–८ स्थायी ठेगाना भएका ४६ वर्षीय पौडेललाई काठमाडौंको घट्टेकुलो र वीरगंज महानगरपालिका–५ घर भएका ५५ वर्षीय मुन्कालाई आफ्नै घरबाट नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो।

प्रकाशित: Dec 28, 2020| 12:45 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।