काठमाडौं– नेपाल प्रहरीका नौ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरुलाई डीआईजीमा सिफारिस गरेको हो।
एसएसपीहरु गणेश ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा.देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ।
रिक्त डीआईजी बढुवाका लागि एसएसपीहरुको तीव्र प्रतिस्पर्धा थियो। गृह मन्त्रालयले पाँच जना डीआईजीको दरबन्दी थप र अन्य रिक्त रहेका चार डीआईजी पदमा बढुवा सिफारिस भएको हो।
