सोमबार, जेठ ४, २०८३

काठमाडौं विश्वविद्यालयका दुई हजार ६८० विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालयमा यस वर्ष दुई हजार ६८० विद्यार्थी दीक्षित भएका छन्। 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– काठमाडौं विश्वविद्यालयमा यस वर्ष दुई हजार ६८० विद्यार्थी दीक्षित भएका छन्। 

National life

विश्वविद्यालयको २६ औं दीक्षान्त समारोह प्रधानमन्त्रीको सचिवालय बालुवाटारबाट भर्चुअल रुपमा आयोजना गरिएको थियो।

समारोह प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको थियो। 

दीक्षितमध्ये पदक प्राप्त गर्ने १५ जना बालुवाटरमै उपस्थित भएका थिए। 

यस वर्ष एमबीबीएसकी आयुस्मा आचार्यले स्वर्ण पदक पाएकी छन्। 

दीक्षित भएका अन्य विद्यार्थीलाई भने पुस २६ गतेपछि मात्र प्रमाणपत्र वितरण गरिने विश्वविद्यालयले जनाएको छ।
 

प्रकाशित: Dec 28, 2020| 12:25 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्