सोमबार, भदौ २२, २०८३

ओली हिरोबाट निरो बने : शर्मा  

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको ‘हिरोइजम’ ‘निरोइजम’मा परिणत भएको बताएका छन्। 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको ‘हिरोइजम’ ‘निरोइजम’मा परिणत भएको बताएका छन्। 

संसद् विघटनको विरुद्धमा कोटेश्वरमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले ओली हिरोबाट निरो बनेको बताएका हुन्। 

‘१५ वर्षअघि मानिसहरु मर्दैथिए। कांग्रेसले समन्वय गरेर देशलाई अघि बढायो। शान्ति आयो, संविधान बन्यो,’ उनले भने, ‘त्यो बेला हामीले युवाहरुलाई भनेको हो– अन्तिम पटक संघर्ष गरौं। अब सडकमा आउनु पर्दैन। तर, ओलीको हिरोइजम निरोइजनमा परिणत हुँदा फेरि संघर्ष गर्नुपर्ने अवस्था आएको छ।’

उनले तीन वर्षअघिसम्म मंसिरमा मतदात गर्दा देखेको सपना एकपटक सम्झन नेकपा कार्यकर्तालाई आग्रह समेत गरेका छन्। ‘कांग्रेसले सडक कालोपत्रेको सपना देखायो, ओलीको चुच्चे रेललाई तपाईंले सपना मान्नुभयो। कांग्रेसले खानेपानीको कुरा गर्यो, तपाईंहरुले पानीजहाजको सपना मान्नुभयो,’ उनले भने, ‘तपाईंहरुका सपना खण्डित भइसके, अब बिउँझिनुस्।’ 

उनले अस्थिरताका कारण देश विकास हुन सकेन भनेर नै प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार संविधानमा नराखिएको बताए। ‘अन्य देशमा सरकार बन्छन्, चलाउनका लागि हाम्रो देशमा सरकार बन्छ ढलाउनका लागि भन्ने अवस्थाका कारण नै विघटनको अधिकार राखिएको थिएन,’ उनले भने, ‘हिजो हामीले पनि गल्ती गर्यौं होला। त्यसलाई सच्चाएर हामी अघि बढ्छौं। त्यो हिम्मत हामी राख्छौं। तर यति हुँदाहुँदै पनि लोकतन्त्र र संसदीय व्यस्थापप्रति इमान्दारिता थियो। तर ओलीमा इमान्दारिता देखिएन।’ 

शर्माले जनतालाई सपना देखाएर बहुमत लिएर प्रधानमन्त्री बन्ने भन्दै उनले  प्रधानमन्त्री बनाउने संसद् कहाँ छ ? भनेर प्रश्नसमेत गरेका छन्। उनले अहिलेको अवस्था आउनमा ओलीजत्तिकै पुष्पकमल दाहाल, माधवकुमार नेपाल र विद्यादेवी भण्डारी समेत दोषी रहेको बताए। 

जन्म,  सिद्धान्त, जिम्मेवारी, कर्म, इतिहास, वर्तमान र भविष्यमा पनि कांग्रेस जेठो दल भएको दाबी गर्दै शर्माले मुलुकलाई अप्ठ्यारो पर्दा नेतृत्व गर्ने क्षमता कांग्रेसमा भएको बताए। ‘हिजोका महत्वपूर्ण आन्दोलन, प्रजातन्त्र स्थापना, शान्ति र संविधान दिने कुरामा पनि कांग्रेस पहिलो हो। निर्वाचन हारे पनि जेठो हो, जिते पनि,’ उनले भने, ‘भूकम्पले घर भत्किएर जेठो टहरामा बस्यो भने माइला र साइँला जेठा हुँदैनन्।’ 
 

प्रकाशित: Dec 28, 2020| 11:22 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।