काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडि सोमबार विद्यार्थीहरुले सडकमा नै होम कुण्ड बनाएर विरोध प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि उनीहरुले प्रतीकात्मक विरोध गरेका हुन्।
प्रतिगामी सरकारको असंवैधानिक कू विरुद्ध स्वाहा कार्यक्रम भन्दै विरोध गरिएको थियो। अनेरास्ववियूले कार्यक्रम आयोजना गरेको हो।



