काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिको भूमिकाका बारेमा डा. रामवरण यादवसँग ट्युसन पढ्न विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।
संसद् विघटनको विरोधमा कोटेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै शर्माले भण्डारीलाई यस्तो आग्रह गरेका हुन्।
‘अहिलेको अवस्था आउनुको एउटा दोषी विद्यादेवी भण्डारी हुनुहुन्छ,’ उनले भने, ‘उहाँ नेपालको पहिलो राष्ट्रपति होइन, दोस्रो राष्ट्रपति हो। त्यसैले राष्ट्रपतिले प्रतिकूलतामा के गर्नुपर्छ भनेर ट्युसन पढ्न ललितपुरमा बस्ने पूर्वराष्ट्रपति यादवसँग जान म आग्रह गर्न चाहन्छु।’
उनले राष्ट्रपति भण्डारी सरकारको रबर स्ट्याम्प बन्दा अहिलेको समस्या आएको बताए।