सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट 

मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट 

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गएर गठन गरिएको मन्त्रिपरिषद् तत्काल बदरको माग गर्दै सोमबार अधिवक्ता लोकेन्द्र वली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गराएका हुन्।  

रिटमा संविधानको धारा ७७ (१) ले प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्नेर प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य नभएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने जिकिर गरिएको छ।

धारा ७७ (३) ले प्रधानमन्त्री पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेसम्मको अधिकार मात्र दिएको छ।

कामचलाउ प्रधानमन्त्रीको कदमलाई साथ दिएर संविधानको पालन र संरक्षण गर्ने प्रमुख कर्तव्यबाट राष्ट्रपति गम्भीर रुपमा चुकेको पनि रिटमा उल्लेख छ। 

प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संविधानको गम्भीर उल्लंघन भएको हुँदा संविधानको धारा १३३ (२,३) बमोजिम विस्तारित मन्त्रिपरिषद् बदर गर्न माग गरिएको अधिवक्ता दिनेश लामिछानेले जानकारी दिए। 
 

प्रकाशित: Dec 28, 2020| 11:02 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।