सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माफी मागेर संसद् विघटनको निर्णय सच्याउन प्रधानमन्त्रीलाई कांग्रेस नेता खाँणको सुझाव

माफी मागेर संसद् विघटनको निर्णय सच्याउन प्रधानमन्त्रीलाई कांग्रेस नेता खाँणको सुझाव

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन सुझाव दिएका छन्।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

भैरहवा- नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन सुझाव दिएका छन्।

रुपन्देहीको भैरहवामा आयोजित कांग्रेसको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले ओलीलाई जनतासँग माफी मागेर प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन सुझाव दिएका हुन्।

साथै उनले निर्णय फिर्ता नलिए ओली मात्र नभई कम्युनिष्ट पार्टी नै सकिने चेतावनी पनि दिए।

उनले भने, ‘यदि सरकार सच्चिएन, प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएन भने केपी ओलीको त भविस्य सकिन्छ सकिन्छ नै सबै कम्युनिष्टहरु सोभियत संघमा जसरी सकिएका थिए त्यसैगरी सकिनेछन्। जनताले साङ्लोमा बाधेर कम्युनिष्टहरुलाई सडकमा लतार्नेछन्।’

नेता खाँणले सुविधा सम्पन्न बहुमत प्राप्त कम्युनिष्टले जनपक्षीय काम गर्नुको साटो भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिन भन्नुभयो तर यती होल्डिङ्स, वाइड बडी जहाज खरिद प्रकरण तथा सेक्युरीटी प्रेस काण्ड यतिबेलै भए।’

नेता खाँणले संविधानको मर्मविपरित सरकार अगाडि बढेको बताउँदै संविधानले प्रधानमन्त्री वा राष्ट्रपतिलाई नभई जनतालाई मालिक बनाएको बताए। उनले भने, ‘सरकारले चालेको कदम तत्काल सच्चिनुपर्छ। जनताको त्याग, बलिदानीबाट बनेको संविधानको भावनाविपरित काम गर्ने अधिकार कसैलाई छैन।’

खाँणले भने, ‘हामी यही विरोधसभा मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्न चाहन्छौं की हामी कांग्रेसी हिजो राणा, पञ्चायत र राजाको असंवैधानिक कदमविरुद्ध जसरी आन्दोलन गर्‍यौँ, त्यसरी नै आज तपाईँले चालेको असंवैधानिक कदमविरुद्ध पनि खडा भएका छौँ। हामी राष्ट्रहितको लागि र संविधानको रक्षाको लागि गोली खान पनि तयार छौँ।’

विरोध सभामा कांग्रेस पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रदेशसभा सदस्य रमा अर्याल, संविधानसभा सदस्य इस्तियाक अहमद खान, क्षेत्रीय सभापति मातृका यादव, सचिव शुसील गुरुंग, नगर सभापति दीलीप धिताल, माधवी शर्मालगायतले बोल्दै सरकारले चालेको असंवैधानिक कदमविरुद्ध सशक्त रुपमा सडकमा उत्रिन र सरकारको विरोधमा लाग्न आग्रह गरेका थिए। 

 

प्रकाशित: Dec 28, 2020| 10:53 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।