सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका सांसदलाई बानेश्वरमा स्वागत गर्न ओलीले चुनाव घोषणा गरेका होइनन् : गगन

कांग्रेसका सांसदलाई बानेश्वरमा स्वागत गर्न ओलीले चुनाव घोषणा गरेका होइनन् : गगन

नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेकै दिनदेखि संविधान, व्यवस्था र जनताको सपनामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेकै दिनदेखि संविधान, व्यवस्था र जनताको सपनामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। 

संसद् विघटनविरुद्ध नेपालगञ्जमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले कांग्रेसले गत वैशाख १७ गते नै ओली शासन गर्न अक्षम रहेको निष्कर्ष निकालेको बताए। तर, नेकपाका नेताहरु नै कुन दिन प्रधानमन्त्री बन्न पाइन्छ भनेर दिन गनेर बसेकाले अहिलेको समस्या आइपरेको उनको भनाइ छ।

‘प्रधानमन्त्रीले संविधान व्यवस्थामाथि जनताको सपनामाथि आक्रमण गरे। तर प्रधानमन्त्री कहिले बन्न पाइन्छ भनेर दिन गनेर बसे। त्यसको सजाय अहिले नेपाली जनताले भोग्नु परेको छ,’ उनले भने, ‘अहिले संविधानमाथि अपराध भएको छ। यसलाई तुरुन्त ठिक ठाउँमा ल्याइएन भने, सच्चाइएन भने र दोषीलाई दण्डित गरिएन भने हाम्रो ओरालो यात्रा सुरु हुन्छ।’ 

उनले अहिले संसद् विघटनको मुद्दा अदालतमा रहेकाले कांग्रेसको भरोसा अदालतप्रति रहेको बताए।

‘अदालतमा छलफल भइरहेको विषयमा बोल्न मिल्छ कि मिल्दैन भनेर साथीहरुले भन्नुहुन्छ। तर, अदालतबाट न्यायको हत्या नहोस् भनेर राजाको शासनकै बेला अभिव्यक्ति दिने विपीको कार्यकर्ताका हिसाबले म भन्छु– विपीको कार्यकर्ता टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘कांग्रेसले शान्तिपूर्ण प्रदर्शन गर्दै न्यायमूर्तिहरुलाई भन्न सक्नुपर्छ– हाम्रो आस्था अदालतसँग छ। अदालतले दायाँ, बायाँ, उत्तर, दक्षिण र पर्दापछाडि केही भइरहेको छ भनेर नहेरोस्, न्याय चाहियो।’

उनले न्यायाधिशहरुलाई शपथ खाँदा छोएर कसम खाएको संविधान एकपटक हेर्नुस् भन्न सक्नुपर्ने बताए।

‘अदालतको सम्मान गर्ने पार्टी अदालतको निर्णय मान्छ। तर, अदालतले संसद् पुनर्स्थापनाको पक्षमा फैसला नगरे पनि हामीले ओलीको कलमलाई असंवैधिानक भन्दै जनतामा न्याय माग्न जानुपर्छ,’ उनले भने, ‘ओलीले संसद् विघटन गराएर वैशाखमा चुनाव गराएर आफ्नो पार्टी हारेको र कांग्रेसका सांसदलाई संसद् भवनमा स्वागत गर्न यो कदम चालेका होइनन्। त्यसैले संविधान जोगाउन लडौँ। लडाइँसँग चिन्ता छैन। तर स्थिरताको र समृद्धिको नारा बोकेर नेकपाको पतन देखेर व्यवस्था माथिको विश्वास पतन नहोस् भन्ने मात्रै हो।’  

प्रकाशित: Dec 28, 2020| 10:41 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।