सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशलाई भुमरीमा फस्न नदिने जिम्मा न्यायाधीशको काँधमा :  पौडेल  

देशलाई भुमरीमा फस्न नदिने जिम्मा न्यायाधीशको काँधमा :  पौडेल  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भुमरीमा फस्न नदिने जिम्मा न्यायाधीशहरुको काँधमा रहेको बताएका छन्।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भुमरीमा फस्न नदिने जिम्मा न्यायाधीशहरुको काँधमा रहेको बताएका छन्।

तनहुँमा सरकारविरूद्ध प्रदर्शनपछि सोमबार आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले भने, ‘संविधानको मर्मलाई ध्यानमा राखेर न्यायमूर्तिले फैसला गरून्। अब देशलाई भुमरीमा फस्न नदिने जिम्मा उनीहरुकै काँधमा आएको छ।' 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन नगराउने पनि बताए। 

चुनाव पनि नहुने र संसद पुनस्र्थापना पनि नहुने अवस्था आएमा देश संकटमा फस्ने पौडेलको भनाइ छ। 

पौडेलले कांग्रेसले लोकतन्त्र र संविधान रक्षाका लागि लड्नुपर्ने बेला आएको बताए। 

उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिच्ने र लोकतन्त्र तथा संविधानमाथि नै प्रहार गरेको बताए। 

संविधानमा प्रधानमन्त्रीले संसद् भंग गर्न पाउने व्यवस्था नभएको तर ओलीले संविधान मिचेर भंग गरेको आरोप पौडेलको छ।

प्रकाशित: Dec 28, 2020| 10:19 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।