काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६५९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ छ।
मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ७१८ छ । हालसम्म २ लाख ५० हजार ५८१ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ छ। हालसम्म १ हजार ८३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।