सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस निर्वाचनका लागि तयार हुनुपर्छ : सहमहामन्त्री महत

कांग्रेस निर्वाचनका लागि तयार हुनुपर्छ : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद् विघटन असंवैधानिक कदम भएकाले कांग्रेस आन्दोलित बनेको बताएका छन्।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद् विघटन असंवैधानिक कदम भएकाले कांग्रेस आन्दोलित बनेको बताएका छन्।

संसद् विघटनविरुद्ध कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महतले सरकारको असंवैधानिक कदमको विरोध कांग्रेसले गरिरहे पनि यसको न्याय निरुपण सर्वोच्च अदालतले गर्ने बताए।  

‘हामीले संसद् विघटनलाई असंवैधानिक भनेका छौं। हामीले सुरुदेखि नै यसको विरोध गर्दै आएका छौं,’ उनले भने, ‘तर यसको न्याय निरुपण सर्वोच्च अदालतले गर्छ।’ 

यदि संसद् विघटन गर्ने सरकारको कदमलाई अदालतले बदर गरे मुलुकमा अझै २ वर्ष कम्युनिस्टको शासन हुने र त्यो जनताका लागि सुखद् नहुने बताए।

‘सर्वोच्चले संसद पुनस्र्थापना गर्ने फैसला गरेको खण्डमा मुलुकले अझै २ वर्ष कम्युनिस्टको सरकार बेहोर्नु पर्नेछ,’ उनले भने, ‘यो सुखद् होइन, विघटनलाई सदर गरे केपी ओलीले समयमा चुनाव गर्छन् कि गर्दैनन् भन्नेमा केन्द्रित हुनुपर्छ। हामी चुनाव गर्न बाध्य पार्नेछौं। निर्वाचनको बाटोमा देश गयो भने नेपाली कांग्रेसको जित निश्चित छ।’

उनले कम्युनिस्टबाट लोकतन्त्र सुरक्षित नभएको र लोकतन्त्र सुरक्षित नभई देशमा विकास नहुने जिकिर गरे। ‘कम्युनिस्टहरुबाट लोकतन्त्र सुरक्षित छैन। लोकतन्त्र सुरक्षित नभई देश विकास हुँदैन। देशको नेतृत्व गर्न कांग्रेस तयार हुनुपर्छ,’ उनले भने, ‘तत्काल हुने चुनाव होस् वा दुई वर्ष पछि हुने चुनाव होस्, त्यसका लागि कांग्रेस तयार हुनुपर्छ।’ 

उनले नेकपाभित्रको सत्ता संघर्षले संसद् विघटन भएको बताए। ‘नेकपामा सत्ताको किचलो भयो। ओलीले सत्ता दिँदैनन् भन्ने थाहा पाएपछि प्रचण्डले ओलीका भ्रष्टाचारको फेरिहस्त प्रस्तुत गर्नुभयो,’ उनले भने, ‘ओलीले प्रचण्डहरुले नछोड्ने देखेपछि संसद् भंग गर्नुभयो। कम्युनिस्टरुका लागि जनता भन्दा सत्ता महत्वपूर्ण भयो।’

प्रकाशित: Dec 28, 2020| 08:53 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।