सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधानमा कू हुँदा कांग्रेस टुलुटुलु हेरेर बस्दैन : सिंह

संविधानमा कू हुँदा कांग्रेस टुलुटुलु हेरेर बस्दैन : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा कम्युनिस्टहरुले पटक–पटक जनताको म्यान्डेट कुल्चिएको आरोप लगाएका छन्।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा कम्युनिस्टहरुले पटक–पटक जनताको म्यान्डेट कुल्चिएको आरोप लगाएका छन्। 

संसद् विघटनविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले कम्युनिस्टहरुले जनताको मतलाई सम्मान गर्न नसकेको बताएका हुन्।  

उनले २०६४ सालको निर्वाचनमा जनताले तत्कालिन माओवादीलाई बहुमत दिँदा संविधान नबनाएको र अहिले संविधानलाई संस्थागत गर्न नेकपालाई दुई तिहाइ मत दिएको तर त्यसलाई अपमान गरिएको बताए। 

‘हिजो पनि बुहमत पाउँदा संविधान बनाएनन्। अहिले संविधान संस्थागत गर्ने जनताले बहुमत दिँदा संसद् माथि प्रहार गरियो। त्यसैले कम्युनिस्टहरुले अपमानित गरेको छ,’ उनले भने,  ‘संघीयता कार्यान्वयन गर्नेको साटो प्रदेश र स्थानीय तहको अधिकार कटौती गर्न केपी ओली नेतृत्वको सरकार सुरुदेखि नै अग्रसर देखियो। अहिले घरझगडा मिलाउन नसक्दा संसदमा रिस फेरियो।’ 

०१७ सालमा तत्कालिन राजा महेन्द्रले कू गरेझैं केपी ओलीले अहिले संविधानमाथि कू गरेको बताए। उनले संविधानमाथि गरिएको प्रहारविरुद्ध लड्न सबै एक जुट हुनुपर्ने बताए। 

‘ओलीले संवैधानिक कू गरेका छन्। यसविरुद्ध लड्न सबैलाई आह्वान गर्न चाहन्छु,’ उनले भने, ‘नेकपाको आन्तरिक झगडाको रिस संसदमा पोखिएको छ। ओली जनताको म्यान्डेट लिन्छु भनिरहेका छन्। मजस्तो प्रजातान्त्रिक को हुन सक्छ भन्छन्। तर जनप्रतिनिधिहरुको संसद् भंग गर्छन्। विश्वासको मत लिन नसक्ने अनि संविधान विपरित संसद् भंग गर्ने पनि प्रजातान्त्रिक हुन सक्छ ? कांग्रेस अहिले यो असंवैधानिक कदमका विरुद्धमा छ। यसलाई सच्चाउनै पर्छ।’

उनले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान माथि प्रहार भइरहँदा कांग्रेसले टुलुटुलु हेरेर नबस्ने बताए। ‘अहिले गरिएको संवैधानिक कू कांग्रेसलाई स्विकार्य छैन। कांग्रेसले मूल्य र मान्यताको राजनीति गर्छ। हामी चुप लागेर बस्दैनौं,’ उनले भने । उनले सरकार कोरोना महामारीमा नियन्त्रण गर्न असफल भएको र भ्रष्टाचारमा लिप्त भएको आरोप समेत लगाए।

प्रकाशित: Dec 28, 2020| 08:22 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।