भैरहवा। संसद् विघटनविरुद्ध रुपन्देहीमा विरोध र्याली निकालिएको छ।
देशभर प्रदर्शन गर्ने कांग्रेसको केन्द्रीय कार्यक्रमअन्तर्गत रुपन्देहीमा पनि विरोध प्रदर्शन गरिएको हो।
संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई कांग्रेसले असंवैधानिक भन्दै विरोध गरेको छ।

