सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दौडधुपमा चिनियाँ उपमन्त्री, दाहालपछि नेपाललाई भेटे 

दौडधुपमा चिनियाँ उपमन्त्री, दाहालपछि नेपाललाई भेटे 

संसद् विघटनपछि सत्तारुढ नेकपा विभाजित भएकै बेला नेपाल आएका येचौले आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे लगत्तै माधव नेपालसँग पनि भेटवार्ता गरेका छन् । 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेकपाका नेताहरुसँगको भेटघाटलाई तिव्रता दिएका छन्। 

संसद् विघटनपछि सत्तारुढ नेकपा विभाजित भएकै बेला नेपाल आएका येचौले आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेलगत्तै माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन्। 

येचौ नेतृत्वको चार सदस्यीय टोलीले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष नेपाललाई भेटेको हो। बानेश्वरको एभरेष्ट होटलमा भएको भेटमा संसद् विघटन र विभाजित भएको नेकपाका विषयमा कुराकानी भएको बताइएको छ। 

यसअघि चिनियाँ टोलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो। दाहाललाई भेटेपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर पुगेको हो।

आजै उनले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ। येचौले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ।

प्रकाशित: Dec 28, 2020| 07:05 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।