सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • योगेश भट्टराई भन्छन्- 'देशमा अहिले निर्वाचन आवश्यक छैन'

योगेश भट्टराई भन्छन्- 'देशमा अहिले निर्वाचन आवश्यक छैन'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले देशमा अहिले निर्वाचन आवश्यक नभएको बताएका छन् । 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

बाँके- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले देशमा अहिले निर्वाचन आवश्यक नभएको बताएका छन् । 

प्रेस सङ्गठन नेपालले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले मुलुकलाई अहिले निर्वाचन आवाश्यक नभएकाले प्रतिनिधि सभा पुर्नस्थापित हुने दाबी गरे । 

आफूले काम गर्न नसक्दैमा संसद् नै विघटन गर्नु असंवैधानिक भएको उनको भनाइ थियो ।

एक साताअघि केपी ओली नेतृत्वको मन्त्रिपरिषद्बाट राजीनामा दिएका नेता भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे । 

यस्तै नेता भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको दाबी गरे ।  त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ थियो । 
 

प्रकाशित: Dec 28, 2020| 06:32 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।