सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वार्ताका लागि सरकारले डाक्यो उखु किसानलाई, ३ बजे वार्ता हुने

वार्ताका लागि सरकारले डाक्यो उखु किसानलाई, ३ बजे वार्ता हुने

उद्योग मन्त्रालयले वार्ताका लागि दिउँसो ३ बजे सिंहदरबारमा बोलाएको उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– सरकारले आन्दोलनरत उखु किसानलाई वार्तामा बोलाएको छ । 

उद्योग मन्त्रालयले वार्ताका लागि दिउँसो ३ बजे सिंहदरबारमा बोलाएको उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए । उद्योग मन्त्रलायका प्रवक्ता डा नारायणप्रसाद रेग्मीले पनि दिउँसो ३ बजे वार्ता हुन लागेको बताए । 

सरकारसँग सहमतिका लागि उखु किसानले सहमति भएको १५ दिनभित्र उद्योग मन्त्रालयले सबै भुक्तानी गराउनुपर्ने नभए १६ औँ दिनदेखि उद्योगीको सम्पति नियन्त्रणमा लिने प्रक्रिया सुरु गर्नुपर्ने लगायतका सहमतिको सर्त राखेका छन् ।

उद्योगीले दिएको भुक्तानीको सबै विवरण मन्त्रालय र किसानलाई दिनुपर्ने उनीहरुको माग छ । विवरणमा किसानको नाम, बुझाएको परिमाण, दररेट, भुक्तानी भएको रकम स्पष्ट खुलाउन माग गरेका छन् ।

सरकारले माग पूरा हुने ग्यारेन्टी दिएमात्रै सरकारसँग सहमति गरिने उखु किसानहरुले अडान लिएका छन् । 

१६ दिनदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका उखु किसानलाई सरकारले ६५ करोड भुक्तानी दिने बताएको छ तर किसानले भने ९० करोडभन्दा बढी भुक्तानी बाँकी रहेको बताउँदै आएका छन् । 
 

प्रकाशित: Dec 28, 2020| 05:14 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।