सोमबार, भदौ २२, २०८३

प्रहरी हत्याका मुख्य अभियुक्त सार्वजनिक

कैलालीको धनगढी उपमहानगरपालिका-१०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँद हत्याका मुख्य अभियुक्तलाई सार्वजनिक गरिएकाे छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका-१०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँद हत्याका मुख्य अभियुक्तलाई सार्वजनिक गरिएकाे छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका-१०, चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई सार्वजनिक गरेकाे हाे। 

उनलाई प्रहरीले फूलबारीबाट पक्राउ गरेकाे हाे।

असई विक र जवान साउँदको कात्तिक १ गते गस्तीमा गएका बेला तस्कर समूहले हत्या गरेको थियो।

असई विकको शव घटना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको थियो भने त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव पनि मोहना नदीमै फेला परेको थियो । 

यसअघि सो घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। तर, मुख्य अभियुक्त भनिएका राना भने फरार थिए। 

राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।

राना स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको थियो।

पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए। त्यही मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वमा रहेको टोलीले असई र जवानको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो।

प्रकाशित: Dec 28, 2020| 04:49 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।