सोमबार, भदौ २२, २०८३

मनकामना केबुलकार खुलेको १६ दिनमै फेरि बन्द 

कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेको मनकामना केबुलकार मंसिर २८ गतेबाट सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको १६ दिनपछि भोलिबाट (पुष १४) बाट पुनः बन्द हुने भएको छ । 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

चितवन- मनकामना केबुलकार सेवा फेरि बन्द हुने भएको  छ ।

कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेको मनकामना केबुलकार मंसिर २८ गतेबाट सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको १६ दिनपछि भोलिबाट (पुष १४) बाट पुनः बन्द हुने भएको छ । 

नियमित मर्मतसम्भारका लागि पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।  

लामो समयपछि खुलेको केबुलकारमा यात्रुको चाप बढ्दै गए पनि प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको उनको भनाइ छ । 

नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबुलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले जानकारी दिए । 

उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर  दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबुलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको  इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ । 

सोही बटम स्टेशनमा रहेको दी मनकामना क्याफे भने नियमित सञ्चालनमा रहने मनकामना दर्शन प्रालिले जनाएको छ  । 

प्रकाशित: Dec 28, 2020| 04:45 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।