सोमबार, भदौ २२, २०८३

किन ढुक्क छन् गण्डकी प्रदेशका मुख्यमन्त्री ?

जनमोर्चाको साथ पाएको अवस्थामा अरू तीनजना सांसद फकाउन सके प्रदेशमा कांग्रेसको साथ नचाहिने निश्चित छ, त्यसैले पनि मुख्यमन्त्री बढी ढुक्क देखिएका छन्।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

पोखरा। प्रदेश १ र बागमती प्रदेशमा दाहाल-नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। लुम्बिनी प्रदेशमा पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ। तर, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने आफूमाथि संकट आइपर्दैन भन्नेमा ढुक्क छन्।

गणीतीय हिसाबमा बहुमतका लागि संख्या नपुग्ने भएपछि मुख्यमन्त्री गुरुङ तयारीमा भने जुटेका थिए। यही बेला दाहाल-नेपाल समूहले अविश्वासको प्रस्ताव नल्याउने र सरकारबाट पनि नबाहिरिने बताएको छ। 

माधव नेपाल निकट एक स्थायी कमिटी सदस्यले मुख्यमन्त्री गुरुङलाई टेलिफोन गरेर अन्यत्र जे भए पनि गण्डकीमा सरकारबाट बाहिरिने मनस्थिति नरहेको र त्यहीअनुसार व्यवहार गरिदिन आग्रह गरेका थिए। 

आफ्नो पक्ष सशक्त भएको ठाउँमा अविश्वासको प्रस्ताव ल्याउने तर कमजोर भएका ठाउँमा सरकारमा टाँसिइरहने उनीहरूको दाउ मुख्यमन्त्री गुरुङले पनि नबुझेका होइनन्। सबैलाई साथ लिएर जाने चाहना देखाएका गुरुङले भने, ‘म साथीहरूलाई चिढाउन चाहान्नँ।’

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री गुरुङसँग २७ मत छ। दाहाल-नेपाल समूहको १३, कांग्रेसको १५, जनमोर्चाको ३ र जनता समाजवादीको दुई मत छ।

अर्को समूहले अलग्गै संसदीय दलको बैठक आजका लागि बोलाएपछि उनीहरूलाई सरकारबाट हटाउन मुख्यमन्त्री गुरुङलाई सुझाव पनि नआएको होइन। तर, गुरुङले अहिलेसम्म उक्त बाटो रोजेका छैनन्। 

सरकारमा कायमै रहन वा नयाँ सरकार बनाउन मुख्यमन्त्रीलाई थप चार मत चाहिन्छ, जसमा राष्ट्रिय जनमोर्चाले आफ्नो साथ रहने जनाइसकेको छ। 

आइतबार मुख्यमन्त्री निवास पुगेका जनमोर्चाका सांसद कृष्ण थापा प्रदेश सभा विघटन नगर्ने शर्तमा आफूहरूको समर्थन सरकारलाई रहने बताएका छन्। 

सुरुदेखि  नै जनमोर्चाले प्रदेश सरकारलाई विश्वासको मत दिएको छ, जसकारण प्रदेश मामिला समितिको सभापति पाएको छ जनमोर्चाले। यो पालि मन्त्रीकै लागि पनि अवसर आउनेवाला छ। 

गण्डकीमा साविक माओवादीको पनि रामबहादुर थापा बादल समूहका तीन सांसद हुन्। तर, बादलको कदमप्रति उनीहरू असन्तुष्ट छन्, जुन कुरा सार्वजनिकरूपमा पनि आइसकेको छ।

आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले यो अवस्थामा बादलको साथमा रहन नसकिने बताउँदै आएका छन्। बागलुङका चन्द्रबहादुर बुढा र दीपा रोका मगर पनि बादल समर्थक हुन्। 

यी तीनजनामध्ये एकजना ओली समूहमा फर्किने पक्काजस्तै छ। साविक माओवादीबाट अरू दुईजना पनि तान्ने प्रयासमा मुख्यमन्त्री गुरुङ लागेका छन्। 

जनमोर्चाको साथ पाएको अवस्थामा अरू तीनजना सांसद फकाउन सके गुरुङलाई प्रदेशमा कांग्रेसको साथ नचाहिने निश्चित छ। त्यसैले पनि मुख्यमन्त्री बढी ढुक्क देखिएका हुन्। 

प्रदेशमा १५ सांसद रहेको कांग्रेस भने केन्द्रको निर्णय कुरेर बसेको छ। पाएको खण्डमा सरकारमै जान चाहेको कांग्रेसका लागि त्यो यात्रा सहज भने छैन।

दाहाल-नेपाल समूहको साथ लिँदा पनि बाँकी दुई दललाई समेट्नुपर्ने हुन्छ, नत्र पृथ्बीसुब्बा गुरुङलाई नै मुख्यमन्त्री मानेर उनको सरकारमा सहभागी हुने विकल्प पनि बाँकी छ। 

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन न त कांग्रेसले आँटेको छ न त दाहाल–नेपाल समूहले नै। कारण- मुख्यमन्त्रीको विकल्पमा नाम दिन नसक्नु।

कांग्रेसले माथिको निर्णय कुर्ने र दाहाल–नेपाल समूहभित्र पनि सरकारमा रहने कि बाहिरिने भन्ने बारेमा निर्क्याेल भइसकेको छैन।

यो समूहले आज सोमबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक डाकेको छ। 

सत्तारुढ नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले आजै अपरान्ह ४ बजेका लागि बैठक बोलाएपछि उक्त समूहले अर्को बैठक डाकेको हो। 

प्रकाशित: Dec 28, 2020| 03:25 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।