मंगलबार, चैत १०, २०८२

के महिनावारी ढिलो हुन्छ ? कारण यी हुन सक्छन्

धेरै महिलाहरू महिनावारी समयमा नभएको गुनासो गर्छन्। महिनावारी नहुनुको कारण सामान्यतया गर्भवती हुनुलाई लिइन्छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं। धेरै महिलाहरू महिनावारी समयमा नभएको गुनासो गर्छन्। महिनावारी नहुनुको कारण सामान्यतया गर्भवती हुनुलाई लिइन्छ। तर, यदि त्यस्तो कुनै योजना छैन भने पनि महिनावारी ढिला हुने गरेको पाइन्छ। किन त्यस्तो समस्या आउँछ त ? कारण यी हुन सक्छन्। 

National life

तनाव

तनावको असर शरीरमा विभिन्न तरिकाले पर्न सक्छ, जसमा महिनावारी पनि पर्छ। 

तनावले जीएनआरएच नाम हार्मोनको मात्रा कम गराउँछ, जसकारण महिनावारीमा समस्या उत्पन्न हुन सक्छ। त्यसैले आफूलाई तनावमुक्त राख्नुहोस् र नियमित महिनावारी फर्काउन चिकित्सकसँग सम्पर्क गर्नुहोस्। 

रोग

Laxmi sunrise bank
kumari

अकस्मात आउने ज्वरो, रुघाखोकी वा कुनै दीर्घरोगका कारण पनि महिनावारी समयमा नहुन सक्छ। यो अस्थायीरूपमा हुन्छ। यदि तपाईंको रोग निको भयो भने महिनावारी पुनः नियमित हुन्छ।  

परिवर्तनशील दिनचर्या

काम गर्ने समयतालिका परिवर्तन, रात्रिकालीन काम, घरमा कुनै कार्यक्रमलगायतका कारण हाम्रो दैनिक तालिकामा परिवर्तन आउँछ। यस्ता कारण पनि महिनावारी ढिला हुन सक्छ। जब शरीरलाई नयाँ तालिकामा बानी पर्छ वा पुनः सामान्य दिनचर्यामा फर्किएमा महिनावारी पनि नियमित हुन सक्छ।

स्तनपान

धेरै महिलालाई स्तनपानका कारण पनि नियमित महिनावारी ढिला हुन सक्छ। बच्चाले स्तनपान गर्न जब बन्द गर्छ, त्यसपछि महिनावारी नियमित हुन सक्छ।

गर्भ निरोधक चक्की

गर्भ निरोधक चक्की वा अन्य कुनै औषधिका कारण पनि महिनावारीको चक्र परिवर्तन हुन सक्छ। यस्ता औषधिले महिनावारी छिटो छिटो हुन्छ वा एकदमै ढिलो पनि हुन सक्छ। यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनु उचित हुन्छ।

मोटोपन र दुब्लोपन

मोटोपनका कारण पनि महिनावारी अनियमित हुन सक्छ, जसकारण महिनावारी ढिला हुन्छ। यद्यपि यो समस्या दुबलोपनका कारण पनि हुन सक्छ। नियमित महिनावारीका लागि स्वस्थ तौल हुनु जरुरी हुन्छ। 

थाइराइड

गर्धनमा रहेको थाइराइड ग्रन्थी मेटाबोलिज्मलाई नियन्त्रण गर्ने गर्छ। यसले शरीरमा धेरै कामका लागि भूमिका निभाउँछ। यदि तपाईंलाई थाइराइडसम्बन्धी कुनै समस्या भएमा त्यसको असर महिनावारीमा पनि पर्न सक्छ। त्यसो भएमा महिनावारीलाई नियमितरूपमा फर्काउन डाक्टरको सल्लाह लिनुपर्छ।

प्रकाशित: Dec 28, 2020| 02:23 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्