सोमबार, भदौ २२, २०८३

फेरि धुम्मियो आकाश, यस्तो हुनेछ तीन दिनको मौसम 

मौसम धुम्मिए पनि वर्षाको सम्भावना भने छैन् । सुदुरपश्चिमका केहि हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश पहाडाी भूभागमा मौसम बद्लिएको छ । 

काठमाडौं उपत्यकासहित, सुदुरपश्चिम, कर्णाली प्रदेश, प्रदेश नम्बर १ का पहाडी भूभागमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्यान्हपछि क्रमश हट्दै गएपनि पारिलो घाम लाग्ने सम्भावना कमजोर रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार मौसम धुम्मिए पनि वर्षाको सम्भावना भने छैन् । सुदुरपश्चिमका केहि हिमाली भूभागमा हिमपातको सम्भावना रहेको उनले बताए । 

पश्चिमी वायुको प्रभाव एक दुई दिन कायममै रहने र यसले अधिकतम तापक्रम घटाउन सक्ने मौसमविद् श्रेष्ठले जानकारी दिए । आकाश धुम्मिएसँगै अधिकतम तापक्र घट्ने र जाडो बढ्ने गर्छ । 

आज (सोमबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्र १६ देखि १८ डिग्रीको बीचमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पौष १३ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति :    प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १४ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

पौष १५ गते (बुधबार)

दिउँसो :  कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशका उच्च हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

प्रकाशित: Dec 28, 2020| 01:55 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।