काठमाडौं- संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ।
संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने सभालाई सम्बोधन गर्ने भएका छन्। कार्यव्यस्तताका कारण गृहजिल्ला डडेल्धुरा नगएका देउवाले भक्तपुरमा सम्बोधन गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तनहुँस्थित आफ्नै निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम छ।
प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा र युवा नेता गगन थापाले नेपालगन्जमा हुने सभालाई सम्बोधन गर्ने भएका छन्।
अन्य नेताहरूले भने आ–आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।