सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनका बारेमा ओलीले कुतर्क गरे, कांग्रेस चुप बस्दैन : गगन थापा  

संसद् विघटनका बारेमा ओलीले कुतर्क गरे, कांग्रेस चुप बस्दैन : गगन थापा  

यो विषय अदालतमा पुगेको भन्दै अदालतले न्याय गर्नेमा आफू विश्वस्त रहेको बताए । 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थका लागि संसद् विघटन गरेको बताएका छन्। 

सोमबार संसद् विघटन र कांग्रेसको विरोध प्रदर्शनका बारेमा फेसबुक लाइभमार्फत बोल्दै थापाले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कुतर्क गर्ने गरेको बताएका हुन्। 

‘प्रधानमन्त्रीले मसँग बहुमत थियो, अरुले सरकार बनाउन सक्दैनथे त्यसकारण संसद्लाई औचित्यहीन पारियो भन्ने कुतर्क गर्दै हुनुहुन्छ,’ थापाले भने, ‘यसलाई हामीले नजिर बनायौं भने त्यो व्यक्तिको यस्तै कुतर्कले हरेक सनकमा संसद् विघटन गरिदिन सक्छ । हाम्रो संसदीय व्यवस्था सन्कीहरुको सिकार बन्न सक्छ।’

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कुल्चिएर धुजाधुजा पारेकाले कांग्रेस चुप नबस्ने थापाले बताए। ‘संविधानलाई प्रधानमन्त्री र राष्ट्रपतिले धुजाधुजा बनाउँदा कांग्रेस चुप लागेर बस्दैन। हामी प्रतिवाद गर्छौं, विरोध गर्छौं,’ थापाले भने।  

थापाले यो विषय अदालतमा पुगेको भन्दै अदालतले न्याय गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘यदि अदालतबाट त्यसभन्दा बाहिर फैसला आयो भने पनि हामी यो कदमलाई असंवैधानिक नै भन्छौं,’’ थापाले थपे, ‘यो शाही आयोग खारेज गर्ने अदालत हो, यसले विनाभय न्याय दिन्छ भनेर हामीलाई विश्वास छ।’ 
 

प्रकाशित: Dec 27, 2020| 16:22 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।