सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिनियाँ उपमन्त्रीको टोली उच्चस्तरीय भेटवार्तामा व्यस्त, शीतलनिवासपछि बालुवाटारमा छलफल

चिनियाँ उपमन्त्रीको टोली उच्चस्तरीय भेटवार्तामा व्यस्त, शीतलनिवासपछि बालुवाटारमा छलफल

नेपाल भ्रमणका क्रममा आज आइतबार दिउँसो काठमाडौं आइपुगेको चिनियाँ उच्चस्तरीय टोली राजनीतिक भेटवार्ताहरुमा व्यस्त छ।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– नेपाल भ्रमणका क्रममा आज आइतबार दिउँसो काठमाडौं आइपुगेको चिनियाँ उच्चस्तरीय टोली राजनीतिक भेटवार्ताहरुमा व्यस्त छ।

दिउँसो काठमाडौं उत्रिएको टोलीले साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो भने अहिले प्रधानमन्त्री केपी ओलीलगायत नेकपाका उच्च तहका नेताहरुसँग भेटवार्ता जारी छ।

साँझ ६ बजेदेखि ७:४५ सम्म शीतलनिवासमा रहेको टोली अहिले सवा ८ बजे बालुवाटार छिरेको उच्च सुरक्षा स्रोतले जनाएको छ। बालुवाटारपछि आजका लागि अन्य कुनै भेटघाटको कार्यक्रम नरहेको बताइएको छ। 

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आएको हो। 
 

प्रकाशित: Dec 27, 2020| 15:12 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।