सोमबार, भदौ २२, २०८३

सासूको हत्या आरोपमा बुहारी पक्राउ

बोक्सीको आरोपमा सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

लहान- बोक्सीको आरोपमा सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए।

बोक्सीको आरोप लगाउँदै मन्जुदेवीले ८५ वर्षीया सासू सुदामादेवीलाई गत कात्तिक ११ गते कुटपिट गरेकी थिइन्। बुहारीको कुटपिटबाट गम्भीर घाइते सुदामादेवीको उपचारका क्रममा मृत्यु भएको थियो। 

पक्राउ परेकी मन्जुदेवीलाई आजै आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको प्रवक्ता पौडेलले बताए। रासस

प्रकाशित: Dec 27, 2020| 14:48 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।