सोमबार, भदौ २२, २०८३

कोरोना संक्रमणबाट सुर्खेतमा महिलाको मृत्यु

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी ८२ वर्षीया महिलाको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो।

ज्वरोको समस्या र सास फेर्न कठिनाइ भएर यही पुस १० गते प्रदेश अस्पतालको आकस्मिककक्षमा भर्ना गरिएका उनलाई सोही दिन प्रदेश अस्पताल प्रयोगशालामा जिन एक्सपर्ट पिसिआर विधिबाट संक्रमण पुष्टि भई आइसियुमा राखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए।

प्रोटोकलअनुसार उपचार गरिए पनि मृतकमा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, एक्युट एक्जासरबेसन, हाइपरटेन्शन र न्युमोनियका कारण स्वास्थ्यमा सुधार नभई आज मृत्यु भएको शाखाप्रमुख कँडेलले बताए।

उनका अनुसार मृतक महिलासहित कर्णालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।

हाल जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापन भइरहेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखा कर्णाली प्रदेशले जनाएको छ। रासस

प्रकाशित: Dec 27, 2020| 14:30 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।