सोमबार, भदौ २२, २०८३

सुदूरपश्चिममा ६२ जना कोरोना संक्रमित थपिए 

सुदूरपश्चिम प्रदेशका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको हो।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २९० नमूना परीक्षण गर्दा कैलालीका ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिकाका १५ जना रहेका छन्। 

कैलालीको गोदावरी नगरपालिकाका ९ जना, गौरीगंगा नगरपालिकाका ६ जना, घोडाघोडी नगरपालिका र टिकापुर नगरपालिका र कैलारी गाउँपालिकाका एकएक जनामा संक्रमण पुष्टि भएको छ। 

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ९ जना, बेलौरी नगरपालिकाका ७ जना, बेदकोट नगरपालिकाका २ जना, लालझाँडी गाउँपालिका, कृष्णपुर नगरपालिका र स्थानीय तह नखुलेका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उता, बझाङमा गरिएको परिक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको छ भने अछामको कमल बजार प्रयोगशालामा एक जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ३६० पुगेको छ। संक्रमण पुष्टि भएका १० हजार ७ सय ६७ जना डिस्चार्ज भएका छन्। प्रदेशमा हालसम्म ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Dec 27, 2020| 14:15 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।