धनगढी– सशत्र प्रहरीले कैलालीबाट करिब ३ लाख बराबरको अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलाली र मातहतका बिओपीहरुले भन्सार छलेर ल्याइएका हार्डवेयर, किराना लगायतका २ लाख ८० हजार ६६५ मूल्य बराबरको सामान बरामद गरेको हो।
बरामद सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय धनगढी र सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाइएको बताइएको छ ।